निर्वाचनमा २ वटा गठबन्धन बन्छ- झलनाथ खनाल

सफल खबर संवाददाता

बुधबार, १६ चैत्र २०७८, १६ : ४५
निर्वाचनमा २ वटा गठबन्धन बन्छ- झलनाथ खनाल

काठमाडौं ।  सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आगामी निर्वाचनमा दुईवटा गठबन्धन बन्ने बताए । 

बुधवार पार्टीले गैरआवासीय नेपाली संघको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सत्तारुढ दलहरूको पाँच दलीय गठबन्धन बन्ने र विपक्षमा अर्को चार दलीय गठबन्धन बन्न सक्ने बताएका हुन्  । 

नेपाली जनमत दुईवटा गठबन्धनका बीचमा विभाजित हुने उनले बताए । नेता खनालले संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षाको निम्ति पाँच दलीय गठबन्धन बनेको उल्लेख गर्दै आगामी दिनमा पनि एकताबद्ध भएर जानका लागि सबैले निर्णय गरिसकेको बताए । 

प्रतिक्रिया दिनुहोस