काठमाडौं । गणपूरक संख्या नपुगेपछि मधेस प्रदेशको प्रदेशसभा बैठक स्थगन भएको छ। १ सय ४ जना सांसद रहेको प्रदेशसभामा १३ जना सांसद मात्र उपस्थित भएपछि अढाई मिनेट चलेर बैठक स्थगन भएको हो। अब अर्को बैठक बिहीबार ११ बजे बोलाइएको छ।
बुधबार बसेको प्रदेशसभा बैठकमा लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेतक परमेश्वर साहले गणपूरक संख्या उपस्थित नभएकाले बैठक अगाडि नबढाउन सभामुखसँग आग्रह गरेका थिए।एमाले सांसद किशोरी साह ‘कमल’ले धेरै दिनको ग्यापमा बस्ने प्रदेशसभा बैठकमा सांसद उपस्थित नभएपछि आपत्ति जनाए।
उनले सम्बन्धित मन्त्रीको विधेयक रहे पनि छलफलपछि जवाफ दिनुपर्नेमा मन्त्रीहरू पार्टीको कार्यक्रममा व्यस्त हुने गरेको बताए।यसअघि पनि बसेको प्रदेशसभा बैठकमा सांसद बढी अनुपस्थित हुने गरेका छन्। गत सोमबार बोलाइएको बैठकमा १ सय ४ मध्ये ४७ जना मात्र उपस्थित भएका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ चैत्र २०७८, १६ : ०६
लेखकबाट थप