अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त चन्द हुम्लामा

सफल खबर संवाददाता

मंगलबार, १५ चैत्र २०७८, १२ : ३०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त चन्द हुम्लामा

 काठमाडौं। अख्तियार अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दसहितको टोली हुम्ला आएको छ । जिल्लाका सरोकारवाला निकायसँगको अन्तरक्रियाका लागि आयुक्त चन्दको टोली पहिलोपटक हुम्ला आएको हो ।

प्रमुख जिल्ला अधिकारी सीता परियारका अनुसार आयुक्त चन्दको टोली जिल्लामा शुसाशन कायम गर्न र भ्रष्टाचारजन्य गतिविधिविरुद्ध जनचेतना जगाउनका लागि कार्यक्रममा सहभागी हुनेछ ।मंगलबार दिउँसो हुम्लाका सातवटै गाउँपालिकाका अध्यक्ष र कार्यालय प्रमुुखसँग जिल्ला प्रशासन कार्यालयको समन्वयमा कार्यक्रम हुँदैछ ।

 

facebook sharing button

twitter sharing button

email sharing button

sharethis sharing button

 

प्रतिक्रिया दिनुहोस