काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले स्थानीय तहदेखि नै कांग्रेस बलियाे भएर आउनुपर्ने बताएका छन् । बलियाे हुन स्थानीय निर्वाचनमा गठबन्धन अनिवार्य रहेकाे बताए ।
साेमबार कांग्रेस केन्द्रीय समिति बैठकमा उनले स्थानीय तहमा गठबन्धन गरेर बलियाे पार्टी भए प्रदेश र संघीय निर्वाचनलाई सकारात्मक प्रभाव पार्ने तर्क गरे । बैठकमा उनले भनेका छन्, `गठबन्धन गर्दा कांग्रेस आईकाे हालत हुन्छ भन्ने सुन्छु तर, स्थानीय तहमा गठबन्धन नहुँदा नेमकिपा र जनमाेर्चाकाे जस्ताे हालत हुन्छ । मलाई चिन्ता यहाँनेर छ । आदर्शले रमाइलो त हाेला तर धरातलीय यथार्थ फरक छ । र, म जाेड दिएर भन्छु - स्थानीय तहमा कांग्रेस बलियाे गठबन्धनले हुन्छ र त्यसकाे असर प्रदेश र संघकाे निर्वाचनमा पर्छ ।´
नेकपा विभाजन भएर तीन टुक्रा भएकाे अवस्थामा कांग्रेस एक्लै निर्वाचनमा जानुपर्ने र गठबन्धन गरिए कांग्रेस आईकाे हालत कांग्रेसले व्यहाेर्नुपर्ने केही नेताले भनिरहँदा सहमहामन्त्री आङ्देम्बेकाे याे जवाफ आएकाे हाे ।
शुक्रबारदेखि जारी केन्द्रीय समिति बैठकमा अधिकांश केन्द्रीय सदस्य र पदाधिकारीले निर्वाचनमा गठबन्धन अनिवार्य रहेकाे बताउँदै आएका छन् । कांग्रेसले निर्वाचनमा गठबन्धन गर्दा सत्तारूढ दलहरू नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टीलगायतसँग गर्ने हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ चैत्र २०७८, १७ : ४४
लेखकबाट थप