चितवनका पत्रकारहरुको निःशुल्क स्वास्थ्य परीक्षण

१६ गते भरतपुर अस्पतालका बरिष्ठ चिकित्सकहरुले स्वास्थ्य परामर्श दिने

सफल खबर संवाददाता

सोमबार, १४ चैत्र २०७८, १७ : ०२
चितवनका पत्रकारहरुको निःशुल्क स्वास्थ्य परीक्षण

चितवन । चितवनका पत्रकारहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । नेपाल पत्रकार महासंघको ६७ औँ स्थापना दिवस र भरतपुर अस्पतालको ५९ औँ वार्षिकोत्सवको अवसर पारेर नेपाल पत्रकार महासंघ चितवन शाखाले पत्रकारहरुको स्वास्थ्य परीक्षण गराएको हो । आज (सोमबार) १ सय ६६ जना पत्रकारहरुको पहिलो चरणको स्वास्थ्य परीक्षण गरिएको छ । स्वास्थ्य परीक्षणका लागि रगतको नमुना संकलन गरिएको छ । कार्यक्रम संयोजक विप्लव काफ्लेका अनुसार १६ गते रगतको रिपोर्ट सहित विशेषज्ञ चिकित्सकद्वारा दोस्रो चरणको स्वास्थ्य परीक्षण गरिने छ ।

भरतपुर अस्पतालका ल्याव प्रमुख उर्मिला कँडेलका अनुसार संकलित रगतबाट कलेजो, मृगौला, मधुमेह, थाइराईड, एनिमाया, रगतमा हुने संक्रमण लगायतका समस्याहरु पहिचान हुनेछन् । संकलित रगतबाट ८ प्रकारका जाँचहरु हुनेछन् । १६ गते विहान पत्रकार महासंघ चितवन शाखाको भवनमा भरतपुर अस्पतालका  अध्यक्ष डा. भोजराज अधिकारीको नेतृत्वमा बरिष्ठ चिकित्सकहरुको समूहद्वारा स्वास्थ्य जाँच हुनेछ ।

जटिल रोग पहिचान भएमा उपचारका लागि सम्बन्धित अस्पतालमा सहजीकरण गरिने महासंघ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारीले जानकारी दिए । पत्रकारहरु स्वस्थ बनेमा सूचना तथा सम्प्रेशणमा थप योगदान गर्न सक्ने भएकाले निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम गरिएको बताए । 

प्रतिक्रिया दिनुहोस