काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बागलुङको ढोरपाटनदेखि साल्झन्डी जोड्ने सडकको अनुगमन गरेका छन् । यस वर्ष ढोरपाटन साल्झन्डी सडकका लागि भौतिक पूर्वाधार मन्त्रालयले ४४ करोड रकम विनियोजन गरी श्रेष्ठ गलवा क्यारवान कम्पनीले सडक चौडा बनाउने काम गरिरहेको छ ।
यस्तै, गादीखोलादेखि ढोरपाटन जोड्ने सडकको १० किलोमिटर नाली बनाउने काम सकिएर माटो बिच्छाउने काम भइरहेको लामा कन्स्ट्रक्सन प्राविका सञ्चालक सोमनाथ थकाली जानकारी दिए । “हामीले काम तीव्र रूपमा गरिरहेका छौँ,” सोमनाथ थकालीले भने, “असार मसान्तसम्म ५ किलोमिटर सडक पक्की गरिसक्छौँ, असोजसम्म १० किलोमिटर सडकको काम सकेर हस्तान्तरण गर्छौँ ।”
१० किलोमिटर सडक कालोपत्रे गर्न गण्डकी प्रदेश सरकारले ४० करोड रकम विनियोजन गरेको छ । सोही सडकको जिम्मा लामा कन्स्ट्रक्सन प्रालिले लिएको छ । शुक्रबार अनुगमनका क्रममा मन्त्री पौडेलले समयमै सडकको काम सक्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका छन् । “सडकको काम कुनै हालतमा नरोकियोस्,” मन्त्री पौडेलले भने, “प्रभावित स्थानीयलाई मुआब्जा दिए सहमतिमै काम अघि बढाउनुहोला ।”
मन्त्री पौडेलले कुनै समस्या भए समाधान गर्न आफू तयार भएको भन्दै ढोरपाटन साल्झन्डी सडकको काम तीव्र रूपमा अघि बढाउन निर्देशन दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ चैत्र २०७८, ०८ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षामन्त्रीले मागिन त्रिवि पदाधिकारीको सुरक्षा
रोजगारीको अवसर नहुँदा युवाहरु पढ्न देश बाहिर जान थाले: शिक्षामन्त्री भट्टराई
विद्यार्थी खाजालाई स्थानीय उत्पादनसँग जोड्न समिति गठन गर्ने शिक्षामन्त्रीको पहिलो निर्णय
तोकिएको समयमा परीक्षा सञ्चालन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन
शिक्षालयलाई दलीय राजनीतिको चपेटाबाट बाहिर निकालौं : शिक्षामन्त्री श्रेष्ठ
शिक्षाको गुणस्तर र विद्यालय भर्ना अभियानमा सामूहिक योगदान आवश्यक छ: शिक्षामन्त्री श्रेष्ठ