विद्यार्थी खाजालाई स्थानीय उत्पादनसँग जोड्न समिति गठन गर्ने शिक्षामन्त्रीको पहिलो निर्णय

सफल खबर संवाददाता

सोमबार, ३१ असार २०८१, १५ : ०२
विद्यार्थी खाजालाई स्थानीय उत्पादनसँग जोड्न समिति गठन गर्ने शिक्षामन्त्रीको पहिलो निर्णय

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यार्थीलाई दिइने दिवा खाजालाई स्थानीय उत्पादनसँग जोड्नका लागि अध्ययन गर्न समिति गठन गरेकी छन् ।

सोमबार पदभार ग्रहण गर्दै मन्त्री भट्टराईले प्रारम्भिक बालविकासदेखि ५ कक्षासम्मका विद्यार्थीहरूलाई दिइने दिवा खाजा कार्यक्रमलाई स्थानीय कृषि उत्पादनसँग जोड्ने प्रारुप तयार गर्न समिति गठन गर्ने निर्णयमा हस्ताक्षर गरेकी हुन् ।

समितिमा शिक्षा मन्त्रालयका साथै कृषि मन्त्रालय, स्वास्थ्य मन्त्रालय र योजना आयोगका प्रतिनिधिहरू सहभागी हुनेछन् । उक्त समितिले स्थानीय कृषि उत्पादनलाई दिवा खाजामा जोड्न राष्ट्रिय प्रारुप तयार गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस