सानिमा बैंकको नयाँ शाखा सिराहाको मिर्चैयामा

सफल खबर संवाददाता

बुधबार, ०९ चैत्र २०७८, १६ : ५९
सानिमा बैंकको नयाँ शाखा सिराहाको मिर्चैयामा

काठमाडौं । सानिमा बैंकले सिराहाको मिर्चैयामा नयाँ शाखा कार्यालय स्थापना गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन वरिष्ठ कलाकारद्वय मदनकष्ण श्रेष्ठ र हरिवंश आचार्यका साथै र बैंकका प्रमुख कार्यकारी अधिकतम निश्चल राज पाण्डेले संयुक्त रुपमा गरे । 

समुद्घाटन समारोहमा मह जोडीले सिराहाको मिचैयामा सानिमा बैंकको शाखा संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर अघि बढ्न आग्रह गरे ।  त्यसैगरी बैंकका प्रमुख कार्यकारी अधिकृत पाण्डेले बैंकका ग्राहक तथा सरोकारवालाहरूलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे । 

सानिमा बैंकको देशभर १२५ कार्यालय र ११४ वटा एटिएम संचालनमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस