काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू खेलेर नेपाली राष्ट्रिय टोली आज (बुधबार) स्वदेश फर्कने भएको छ । नेपाली टोली साँझ ७ः १० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।
लिगमा चार खेल खेलेको नेपाल दुई खेलमा जित र दुई खेलमा पराजित भएको थियो । नेपालले पहिलो खेलमा पपुवा न्युजिनी (पीएनजी) दुई विकेटको जित निकालेको थियो । नेपालले दोस्रो खेलमा युएईसँग ४८ रन र तेस्रो खेलमा ९९ रनले पराजित भएको थियो ।
नेपालले मंगलबार भएको अन्तिम खेलमा पीएनजीमाथि ७ विकेटको जित निकालेको थियो । स्वदेश फर्केपछि नेपाली टोलीले घरेलु मैदानमा पीएनजीसँग दुई एकदिवसीय खेल खेल्ने छ । त्यस्तै मलेसिया र पीएनजीसँग त्रिदेशीय टी–ट्वान्टी सिरिज खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ चैत्र २०७८, ११ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नामिबियासँग नेपाल पराजित