जनयुद्धमा आक्रमण तयारी गरेजस्तै चुनावमा होमिन जरुरी छ : प्रचण्ड

सफल खबर संवाददाता

शनिबार, ०५ चैत्र २०७८, १२ : १५
जनयुद्धमा आक्रमण तयारी गरेजस्तै चुनावमा होमिन जरुरी छ : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धमा आक्रमणको तयारी गरेजस्तै चुनावमा पनि होमिन जरुरी रहेको बताएका छन् । 

प्रतिगमनकारीहरुले माओवादीलाई निशाना बनाएको टिप्पणी गर्दै अध्यक्ष प्रचण्डले जनयुद्धमा आक्रमणको तयारी गरेजस्तै यो चुनावमा पनि पूरै तयारीका साथ होमिनु जरुरी रहेको बताएका हुन् । 

शनिबार अध्यक्ष प्रचण्डको सचिवालयले सामाजिक सञ्जालमा तस्बिरसहित उनको भनाइ राखेको छ, ‘प्रतिगमनकारीहरुले माओवादीलाई निशाना बनाएका छन्। जनयुद्धमा आक्रमणको तयारी गरेजस्तै यो चुनावमा पनि पूरै तयारीका साथ होमिनु जरुरी छ ।’ 

प्रतिक्रिया दिनुहोस