माओवादी अध्यक्ष प्रचण्डले दिए फागु पर्वमा यस्तो सन्देश

सफल खबर संवाददाता

विहीबार, ०३ चैत्र २०७८, १० : ०४
माओवादी अध्यक्ष प्रचण्डले दिए फागु पर्वमा यस्तो सन्देश

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नेपालीहरुको महान चाड (फागु) होलीको अवसर शुभकामना व्यक्त गरेका छन् । 

सामाजिक संजालबाट शुभकामना व्यक्त गर्दै उनले पहाडी क्षेत्रमा आज र मधेशमा भोली मनाउन गईरहेको फागु पर्वको अवसरमा देश र विदेशमा रहेका सम्पुर्ण नेपाली दिदीबहिनी र दाजुबहिनीमा शुभकामना व्यक्त गरेका हुन् । उनले शुभकामना सन्देशमा भनेका छन्, 'सम्पुर्ण नेपाली दाजुभाई एवं दिदीबहिनीहरुमा फागु पर्वको हार्दिक मंगलमय शुभकामना छ ।' 

फाल्गुण शुक्ल पूर्णिमाको दिन हिमाली एवं पहाडी जिल्लामा र त्यसको भोलिपल्ट तराईका जिल्लामा अबीर र रङ खेल्दै यो पर्व मनाईने गरिन्छ । 

प्रतिक्रिया दिनुहोस