प्रचण्ड आज बुटवल जाँदै, कार्यकर्ताहरुलाई प्रशिक्षण दिने

सफल खबर संवाददाता

विहीबार, ०३ चैत्र २०७८, ०९ : ३३
प्रचण्ड आज बुटवल जाँदै, कार्यकर्ताहरुलाई प्रशिक्षण दिने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहबार बुटवल गएका छन् । 

पार्टीको लुम्बिनी प्रदेश कमिटीले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्न उनी बुटवल गएको प्रमुख स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।  मल्लका अनुसार प्रचण्डले पार्टीका प्रदेशस्तरीय नेताहरूलाई निर्वाचन केन्द्रित अभियान प्रभावकारी ढंगले सञ्चालन गर्न निर्देशन दिनेछन् । 

केन्द्रीय कमिटी बैठक लगत्तै माओवादी केन्द्र निर्वाचन अभियान सुरु गरेको । प्रदेश १ बाट माओवादीले निर्वाचन अभियान सञ्चालन गरेको हो ।सो क्रममा प्रचण्डले पार्टीलाई पहिलो दल बनाउने गरी निर्वाचन अभियानमा लाग्न पार्टीका नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिने गरेका छन् । 

उनले केन्द्रीय कमिटी बैठकमा पार्टी दोस्रो हुने रिपोर्टिङ पाएको जानकारी दिएका थिए । तर, पहिलो हुने गरिको तयारी आवश्यक रहेको भन्दै केन्द्रीय कमिटीका नेताहरूलाई हौस्याइ दिएका दिए ।

प्रतिक्रिया दिनुहोस