काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आगामी स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउनुपर्नेमा जोड दिएका छन।
झापाको बिर्तामोडस्थित डोमालाल रङ्गशालामा आयोजित नेपाल आइस पाँचौँ झापा गोल्डकपको समापन समारोहलाई सम्बोधन गर्दै उनले सो धारणा राखेका हुन । “मुलुक निर्वाचनमा प्रवेश गरिसकेको छ,” उनले भने, “आचारसंहिताको पूर्णपालना गर्र्दै निर्वाचनलाई स्वच्छ, निष्पक्ष र परदर्शी बनाउन आग्रह गर्छु ।”
दुई महिनाभित्र निर्वाचन सम्पन्न हुने बताउँदै उहाँले नेपाल अनुशासित लोकतान्त्रिक पद्धति र प्रगतिको मार्गमा अघि बढिरहेको सन्देश विश्वलाई दिनुपर्ने उल्लेख गरे । “जीतहार एउटा पाटो हो,” उनले भने, “परस्परमा हार्दिकता राखेर चुनाव सम्पन्न गर्नुपर्छ ।”
नेता सिटौलाले खेलकुदको विकासमा सबै राजनीतिक दल, सङ्घसंस्था लाग्नुपर्नेमा पनि जोड दिए । डोमालाल रङ्गशालाको संरक्षणमा सबैलाई जुट्न आग्रह गर्दै उनले यसका लागि स्थानीय तहले विशेष पहल गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा रङ्गशालाका लागि जग्गादान गर्ने डोमालाल राजवंशीको परिवारलाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ३० फागुन २०७८, १६ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देश विकासमा काँग्रेसले जति काम अरूले गरेको छैन : कृष्ण सिटौला
सरकारले कानुनको कपटपूर्ण प्रयोग गरेर जनताको आवाज थुन्ने काम गर्यो : नेता सिटौला
कांग्रेस चुनौती सामना गर्न तयार छ : कृष्ण सिटौला
तनावमा कृष्णप्रसाद सिटौला !
पार्टीहरूलाई शान्ति र लोकतन्त्रको धारमा रूपान्तरण गर्ने दायित्व काँग्रेसको हो : कृष्णप्रसाद सिटौला
राष्ट्रिय सभामा निर्वाचित भएपछि शेखर निवास पुगे सिटौला