काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संचारकर्मीको प्रश्नमा प्रकाश सपुतले ल्याएको 'पिर' गीतबारे कोही उत्तेजित हुनुपर्ने जरूरी नभएको बताएका छन् । सपुतको गित माओवादीकै केही नेता तथा भातृ संगठन वाइसिएल र अनेरास्ववियू क्रान्तिकारीले उक्त गीत युट्युवबाट हटाउन माग गरिरहेका बेला प्रचण्डले सो बताएका हुन् ।
पार्टीको प्रशिक्षण कार्यक्रमका लागि आज बिहानै धनगढी पुगेका प्रचण्डले गेटा विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सो कुरा बताएका हुन् । उनले जनयुद्धु बाट शान्ति प्रक्रियामा आउनु ठिक थियो कि थिएन भन्नेमा पनि बहस भइरहने बताएका थिए। ‘मैले पुरै गीत हेर्न पाएको छैन। अहिले हामी कोही उत्तेजित हुनुपर्ने पनि छैन,’ उनको भनाई छ, ‘तर्क वितर्क हुन्छन्, पक्ष विपक्ष हुन्छन्। त्यसलाई स्वभाविक रूपले लिनुपर्छ।’
उनले 'जनयुद्धु बाट शान्ति प्रक्रिया र संविधानसभामा ल्याएको भन्नेमा पनि पक्ष र विपक्षमा बहस हुने गरेको बताए।' ‘शान्ति प्रक्रियामा आएकोमा गर्व गर्ने पक्ष पनि छ। शान्ति प्रक्रियामा ल्याएर माओवादीले बर्बाद गर्यो भन्ने पनि छ,’ उनले भने, ‘हामी उत्तेजित हुनुपर्ने छैन। फरक प्रसंगमा उनले सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेस पनि सहभागी हुने विषयमा छलफल भइरहेको बताएका छन् ।
प्रदेश सरकारमा कांग्रेस समेत सहभागी हुने विषयमा गठबन्धनका दलहरुबीच कुराकानी भइरहेको बताएका हुन । गठबन्धनमा यो विषयमा छलफल भएको छ ।' उनले भने, 'कांग्रेसको सहभागिता प्रदेश सरकारमा छैन, यो विषयमा बैठकमा कुरा भयो । तर सरकारमा मन्त्रालय थप गर्न नसकिने भएकोले सबैभन्दा बढी मन्त्री भएको एकीकृत समाजवादीले नै त्याग गर्नुपर्यो भनेर अनुरोध गरिएको छ ।' एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीमा यो विषयमा छलफल गर्ने बताएको समेत प्रचण्डले जनाए ।
प्रदेश सरकारको नेतृत्व फेर्ने विषयमा समेत गठबन्धनमा छलफल भएको उनले बताए । 'माधवजीहरुले ठूलो दलको हैसियतमा प्रदेशको नेतृत्व उनीहरुलाई दिनुपर्ने कुरा गरेका छन् ।' प्रचण्डले भने, 'तर त्यो हो भने हामी सबैभन्दा बढी भएको बाग्मति हामीलाई दिने गरौैं भनेर हामीले कुरा गरेपछि अहिले नेतृत्व नफेर्ने कुरा भएको छ ।' अध्यक्ष प्रचण्डले गठबन्धनले सल्लाह गरेर कांग्रेसलाई भने सरकारमा सहभागी गराउने वातावरण बनाइने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० फागुन २०७८, ०९ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माटोको माया नगर्ने प्रवृत्तिले विदेशिने क्रम बढ्यो : प्रचण्ड
वर्षमानलाई लिएर किन तेह्रथुम जाँदैछन प्रचण्ड ?
हतियार उठाउने कुरा गरेका छैनौं, तर भ्रष्टहरुविरुद्ध शान्तिपूर्ण संघर्षमा छौं: प्रचण्ड
गणतन्त्रलाई बुर्जुवा गणतन्त्रमा सीमित हुन नदिऔँ : प्रचण्ड
०८४ मा माओवादीले बहुमत ल्याउँछ, अब कसैको बैशाखी टेक्दैन: प्रचण्ड
उत्पादन र जीवनसँग जोडिने शिक्षालाई प्रोत्साहन गर्न आवश्यक: प्रचण्ड