काठमाडौं । सत्तासीन नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनलक्षित गर्दै आजदेखि ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ एक महिने अभियान सुरु गर्दैछ।
३० वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी कांग्रेसले अभियान सुरु गर्न थालेको हो । कांग्रेसका प्रवक्ता प्रकाशशरण महतका अनुसार अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय सदस्य खटाइएको छ ।
यो अभियानमा कांग्रेसले एमसीसी पारित गरिएको कारणबारे प्रष्ट्याउनेछ भने संविधानको रक्षाका लागि कांग्रेसले भूमिका निर्वाह गरेकोबारे जानकारी गराउनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ फागुन २०७८, ०८ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सातै प्रदेश र ७७ जिल्लाका सभापतिलाई प्रशिक्षण दिंदै कांग्रेस
सडकमा घोप्टो परेको अवस्थामा कांग्रेस नगर सभापति कलौनी मृत फेला
सत्ता र प्रतिपक्षमा हुँदा फरक कुरा गर्ने परिपाटी अन्त्य गरौँ : कांग्रेस नेता सिटौला
पार्टीको महाधिवेशन ०८४ पछि गर्न कांग्रेस नेताहरूको प्रस्ताव
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस जिल्ला सभापति र उपसभापति पोखरामा भेला हुँदै