काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संकटमोचनको भूमिकामा आफ्नो पार्टी रहेको बताएका छन् । उनले जनयुद्धलाई शान्ति प्रक्रियामा रुपान्तरण गर्नु सामान्य नभएको र त्यसपछिको १२ बुँदे सम्झौता, वृहत शान्ति प्रक्रियामा माओवादी केन्द्रको भूमिका संकटमोचनकै रुपमा रहेको बताए ।
उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्यौं यो पनि समान्य थिएन । यी सबै कुरामा हामी अघि बढेर देशलाई निकास दिने काम गर्यौं । अहिले पनि हामी जुनसुकै बेला देशको संकटमोचनका लागि लाग्नु पर्ने अवस्था छ ।’
उनले अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्ने बेलामा पनि देश नै संकटमा पर्ने अवस्था आएको र उक्त संकट समाधान गर्न एमसीसी पास गरेर संकटमोचन गरेको बताए । शनिवार नुवाकोटमा स्व. पोष्टबहादुर बोगटीको शालिक अनावरण गर्ने क्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस्तो बताएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २८ फागुन २०७८, १६ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माटोको माया नगर्ने प्रवृत्तिले विदेशिने क्रम बढ्यो : प्रचण्ड
वर्षमानलाई लिएर किन तेह्रथुम जाँदैछन प्रचण्ड ?
हतियार उठाउने कुरा गरेका छैनौं, तर भ्रष्टहरुविरुद्ध शान्तिपूर्ण संघर्षमा छौं: प्रचण्ड
गणतन्त्रलाई बुर्जुवा गणतन्त्रमा सीमित हुन नदिऔँ : प्रचण्ड
०८४ मा माओवादीले बहुमत ल्याउँछ, अब कसैको बैशाखी टेक्दैन: प्रचण्ड
उत्पादन र जीवनसँग जोडिने शिक्षालाई प्रोत्साहन गर्न आवश्यक: प्रचण्ड