काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आफ्नै ताकत र खुट्टामा उभिएर चुनाव जित्ने कुरालाई पार्टीले प्राथमिकता दिएको बताएका छन् ।नुवाकोटमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले तालमेल गर्दा सत्ता गठबन्धनकै बीचमा गर्ने नीति रहेको समेत प्रष्ट पारे ।
अध्यक्ष प्रचण्डले भने,’अब पार्टी पूरै चुनावमा केन्द्रित भएको छ । हामी आफ्नै खुट्टामा उभिएर,आफ्नै ताकतमा जित्ने कुरालाई उच्च प्राथमिकतामा राखेका छौं । कसैसँग तालमेल गर्ने स्थिति भएमा त्यसमा पनि ध्यान दिने र तालमेल गर्दा गठबन्धनकै बीचमा गर्ने नीति छ ।’
एमसीसीका कारण कतिपय नेता कार्यकर्ताले पार्टी छाडेकोमा प्रचण्डले त्यस्तो गर्नुपर्ने अवस्था नरहेको बताए । उनले माओवादीका कारण एमसीसी जस्ताको तस्तै पारित नभएको र देश पनि दुर्घटनाबाट जोगिएका बताए ।
प्रचण्डले कर्णाली प्रदेशका सांसद लगायतले माओवादीले एमसीसी पारित गरेको भनेर एमाले प्रवेश गर्नु आफैंमा उदेकलाग्दो कुरा भएको बताए । जसले एमसीसी जस्ताको तस्तै पारित गर्न चाहेको थियो त्यो पार्टीमा जानु पलायनवादीहरुको चरित्र रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २८ फागुन २०७८, १३ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माटोको माया नगर्ने प्रवृत्तिले विदेशिने क्रम बढ्यो : प्रचण्ड
वर्षमानलाई लिएर किन तेह्रथुम जाँदैछन प्रचण्ड ?
हतियार उठाउने कुरा गरेका छैनौं, तर भ्रष्टहरुविरुद्ध शान्तिपूर्ण संघर्षमा छौं: प्रचण्ड
गणतन्त्रलाई बुर्जुवा गणतन्त्रमा सीमित हुन नदिऔँ : प्रचण्ड
०८४ मा माओवादीले बहुमत ल्याउँछ, अब कसैको बैशाखी टेक्दैन: प्रचण्ड
उत्पादन र जीवनसँग जोडिने शिक्षालाई प्रोत्साहन गर्न आवश्यक: प्रचण्ड