मनाङ । कांग्रेसले हिमाली जिल्ला मनाङमा चुनाव केन्द्रित कार्यक्रम सुरु गरेको छ । पार्टीको जिल्ला कार्यसमितिद्वारा आयोजित घर–घर जाऔँ कांग्रेस जिताऔँ चुनाव केन्द्रित अभियान शुक्रबारदेखि सुरु भएको हो ।
अभियानको केन्द्रीय सदस्य गणेश लामाले शुभारम्भ गर्दै पार्टीभित्रका सबै मतभेद बिर्सेर एकताबद्ध भई कांग्रेसलाई जिताउने गरी परिचालित हुनुपर्ने बताए । केन्द्रीय सदस्य लामा भन्छन, “पार्टीभित्र भएका मतभेद बिर्सौ, एकताबद्ध भएर हामी अगाडि बढ्नुपर्छ । हिमाली जिल्ला मनाङबाट कांग्रेसलाई जिताउने गरी परिचालित हुनुपर्छ ।”
पार्टीका जिल्ला सभापति शङ्कर गुरुङले चुनावी अभियानका लागि अब गाउँमै व्यस्त हुनुपर्नेमा जोड दिए । गुरुङ भन्छन, “स्थानीय चुनावको तयारीकै लागि गाउँ केन्द्रित भएका छौँ, गाउँमा उत्साह छ, सुशासन प्रवद्र्धन हुन्छ भन्ने आशा आम नागरिकमा बढेको छ ।” कार्यक्रममा कांग्रेस नेता टेकबहादुर गुरुङ, पाल्टेन गुरुङ, कोमलबहादुर घले तथा कर्मा गुरुङले पार्टीको निर्णय स्वीकार गरेर कांग्रेसलाई जिताउनेतर्फ लाग्नुपर्नेमा जोड दिए।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, २८ फागुन २०७८, ११ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सातै प्रदेश र ७७ जिल्लाका सभापतिलाई प्रशिक्षण दिंदै कांग्रेस
सडकमा घोप्टो परेको अवस्थामा कांग्रेस नगर सभापति कलौनी मृत फेला
सत्ता र प्रतिपक्षमा हुँदा फरक कुरा गर्ने परिपाटी अन्त्य गरौँ : कांग्रेस नेता सिटौला
पार्टीको महाधिवेशन ०८४ पछि गर्न कांग्रेस नेताहरूको प्रस्ताव
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस जिल्ला सभापति र उपसभापति पोखरामा भेला हुँदै