काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रमुख प्रतिपक्षी दल एमालेप्रति खनिएका छन् । एमाले र उसका नेता कार्यकर्ता भ्रामक प्रचार गर्न अभ्यस्त रहेको बताउँदै प्रचण्डले कर्णालीको कार्यक्रममा पनि त्यस्तै प्रचार भएको बताए । उनले आफ्नो चस्मा देखाउँदै फुट्दै नफुटेको चस्मा कसरी फुट्यो भन्दै एमालेले हँसाएको बताए ।
शुक्रबार पार्टीको कर्णाली प्रदेशस्तरीय कार्यक्रममा सहभागी हुन सुर्खेत पुगेका प्रचण्डमाथि कार्यक्रम हलमै ढुंगा प्रहार भएको भ्रामक खबर शुक्रबार फैलिएको थियो । त्यसबारे जिल्ला प्रहरी कार्यालय सुर्खेतले समेत खण्डन गरिसकेको सन्दर्भमा प्रचण्ड पनि बोलेका हुन् ।
प्रचण्डले भने– कमरेड मनऋषिले देखाउनु भयो एउटा समाचार, काठमाडौंमा अहिले त्यो भाइरल भएको छ रे, कर्णालीमा प्रशिक्षण सिटी हलमा भएको थियो–त्यो ठाउँमा प्रचण्डमाथि ढुंगा प्रहार भयो । प्रचण्डको चस्मा फुट्यो । त्यहाँ असफल भयो भनेर प्रचार गरेका रहेछन् । हामी त्यहाँ सहभागी भएर आउनेहरुका लागि त त्यो हाँसोउठ्दो कुरा भयो ।
त्यति अनुसाशित र भव्य रुपमा सफल भएको छ । मैले लगाएको चस्मा यही हो जस्ताको जस्तै छ । तर, बुझ्दा के देखियो भने एमाले भन्ने गुटका मान्छेहरु विछिप्त भएका छन् । उनीहरुले झूटो प्रचार गरेर पनि बाहिर केही भ्रम दिन सकिन्छ कि भनेर कोशिस गरेको देखिन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २८ फागुन २०७८, ०८ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माटोको माया नगर्ने प्रवृत्तिले विदेशिने क्रम बढ्यो : प्रचण्ड
वर्षमानलाई लिएर किन तेह्रथुम जाँदैछन प्रचण्ड ?
हतियार उठाउने कुरा गरेका छैनौं, तर भ्रष्टहरुविरुद्ध शान्तिपूर्ण संघर्षमा छौं: प्रचण्ड
गणतन्त्रलाई बुर्जुवा गणतन्त्रमा सीमित हुन नदिऔँ : प्रचण्ड
०८४ मा माओवादीले बहुमत ल्याउँछ, अब कसैको बैशाखी टेक्दैन: प्रचण्ड
उत्पादन र जीवनसँग जोडिने शिक्षालाई प्रोत्साहन गर्न आवश्यक: प्रचण्ड