राप्रपा नेता बिक्रम पाण्डेका छोरा कांग्रेसका सदस्य

सफल खबर संवाददाता

शुक्रबार, २७ फागुन २०७८, १२ : ३२
राप्रपा नेता बिक्रम पाण्डेका छोरा कांग्रेसका सदस्य

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डेका छोराले नेपाली कांग्रेसको सदस्यता लिएको खुलेको छ ।

नेपाल निर्माण व्यवसायी महासंघको बरिष्ठ उपाध्यक्ष रहेका निकोलस पाण्डेलाई नेपाली कांग्रेसको निर्माण समन्वय विभागका प्रमुख वीर बहादुर बलायरले सदस्यता दिएका हुन् । 

पूर्व बनमन्त्री समेत रहेका विक्रम पाण्डे निर्माण व्यवसायी हुन् । छोरा निकोलसले निर्माण व्यवसायी महासंघको नेतृत्वमा पुग्नका लागी दुवै दलको समर्थन पाउनेगरी कांग्रेसको सदस्यता लिएको निर्माण व्यवसायीहरु बताउँछन् ।

शुक्रबारबाट काठमाडौंका प्रज्ञा भवनमा महासंघको केन्द्रिय अधिवेशन शुरु हुँदैछ । निकोलसले यसपटक महासंघको अध्यक्ष पदमा दावेदारी प्रस्तुत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस