काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चिनियाँ राजदूत होउ यान्छीले भेटवार्ता गरेकी छन् । बुधबार राजदूत यान्छीले खुमलटारस्थित निवासमा पुगेर अध्यक्ष प्रचण्डलाई भेटेकी हुन् ।
भेटका क्रममा अध्यक्ष प्रचण्ड र राजदूत यान्छीबीच चीनका विदेश मन्त्री वाङ यीको नेपाल भ्रमणका सम्बन्धबारे छलफल केन्द्रित भएको स्रोतले जानकारी दिएको छ ।
चीनका विदेशमन्त्री यीले चैत दोस्रो साता दुईदिने भ्रमणका लागि काठमाडौं आउने तयारी गरेका छन् । नेपाल सरकारकै निम्तोमा विदेशमन्त्री वाङको भ्रमण हुन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उक्त भ्रमणले नेपाल र चीनबीच सतहमा देखा परेको पछिल्लो असहज सम्बन्धलाई सम्बोधन गर्ने आंकलन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ फागुन २०७८, १२ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रचण्ड र नारायणकाजी गोरखाको बारपाक जाने
सरकार समस्याको समाधानतर्फ नगई उल्टै जटिलता बढाउने दिशामा गयो : प्रचण्ड
मुलुकलाई प्रतिगमनतिर फर्काउने दिवा सपना नदेख्नु : प्रचण्ड
वर्तमान संकट कम्युनिस्ट पार्टीले मात्रै हल गर्न सक्छन् : प्रचण्ड
सरकार बिचौलियाको चंगुलमा छ, भ्रष्टाचारको संरक्षण गरिरहेको छ: प्रचण्ड
कपिलवस्तुमा प्रचण्ड, बाणगंगामा मर्निङ वाक