काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले युक्रेन माथि रुसले गरेको आक्रमणका कारण भएको महिला र बालबालिकाहरुको ब्यापक मानवअधिकार उल्लङ्घनको बिरोधमा प्रदर्शन गरेको छ ।
अन्तराष्ट्रिय नारी दिवसको अवसरमा मंगलबार रुपन्देहीको वुटवलमा भएको विरोध प्रदर्शमा रुसलाई तत्काल युद्ध रोकी मानवअधिकारको सम्मान गर्न आग्रह गरिएको थियो । प्रदर्शनमा बोल्दै शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले युक्रेनमाथि रुसी आक्रमणका कारण लाखौ विस्थापित एवं शरणार्थी भएको जनाए ।
मंगलबार बिहान आघा घण्टा भएको प्रदर्शनमा शान्ति समाजका सचिव मिना ढकाल, पूर्व केन्द्रीय सदस्य अञ्जु गौतम, रुपन्देही शाखा सभापति डिपी खनाल, सचिव कपिल ज्ञवाली लगायत दर्जनौ शान्तिवादीहरुको सहभागिता रहेको थियो ।
यस्तै अन्तराष्ट्रिय नारी दिवसका दिन मंगलबार नै शान्ति समाज काठमाण्डौ शाखाको आयोजनामा ‘रुस युक्रेन युद्ध :महिला र बालबालिका संकटमा’ विषयक विचार गोष्ठी सम्पन्न भएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २४ फागुन २०७८, १३ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लभिभमा रुसी आक्रमणमा परेर मर्नेको सङ्ख्या ७ पुग्यो
रुसी आक्रमणमा परी युक्रेनमा मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो