किएभ । युक्रेनको पश्चिमी सहर लभिभमा रुसले गरेको हवाई आक्रमणमा परेर मर्नेको सङ्ख्या सात पुगेको छ । मृतकहरूमध्ये तीन जना बालबालिका भएको बताइएको हो।
मंगलबार मध्य युक्रेनको पोत्लाभा सहरस्थित एक सैन्य संस्थानको भवनमा भएको आक्रमणमा परेर ५१ जनाको मृत्यु भएको खबरबाट उब्रिन नपाउँदै रुसले युक्रेनलाई अर्को ताजा चोट दिएको छ । बुधबार बिहानै रुसले ड्रोन र हाइपरसोनिक मिसाइलबाट आक्रमण गरेको लभिभका मेयर एन्ड्री सादोभले भनेका छन् ।
मर्नेमा एक बालकको साथमा ९ र १४ वर्ष उमेरकी दुई बालिका समेत रहेको बताइएको छ । यस घटनामा अर्की एक महिलाको पनि मृत्यु भएको अधिकारीहरूले बताएका छन् । हवाई प्रतिरक्षा बलले रुसी मिसाइल खसाउने प्रयास गरिरहँदा राजधानी किभमा समेत विस्फोटका आवाजहरू सुनिएका थिए ।
रुसले गरेको हवाई हमलामा परेर क्रिभ रिह सहरमा एउटा होटलमा पाँच जना घाइते भएका छन् । हालैका दिन रुसले हवाई आक्रमण तीव्र पारेपछि रुसले देशभरमा हवाई अलर्ट जारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १९ भदौ २०८१, १३ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुसी आक्रमणमा परी युक्रेनमा मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो