काठमाडौं । तनहुँको व्यास नगरपालिका–११ फराकचौरका ४२ वर्षीय प्रकाश अधिकारीको मलेसियामा मृत्यु भएको छ । वैदेशिक रोजगारीको सिलसिलामा चार वर्ष अगाडि मलेसिया पुगेका उनको यही फागुन १७ गते मृत्यु भएको हो ।
महाशिवरात्रिका दिन काम सकेर कोठामा पुगेका उनको हृदयघातबाट मृत्यु भएको बताइएको छ । अधिकारीको शव मलेसियाबाट स्वदेश ल्याउन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले चासो व्यक्त गरेका छन् । शनिबार मृतकको घरमै पुगेर उनले परिवारलाई सान्त्वना दिनुका साथै शव ल्याउने विषयमा पहल सुरु भइसकेको जानकारी दिए।
उनले भने, “राहत र क्षतिपूर्तिका लागि सकेसम्म छिटो व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गर्दछु ।” श्रम स्वीकृति गरेर विदेश गएको र विदेशमा मृत्यु भएको खण्डमा मन्त्रालयमातहतको वैदेशिक रोजगार बोर्डले घरसम्मै शव ल्याउने व्यवस्था गरिदिन्छ । यसका साथै क्षतिपूर्तिवापत रु सात लाख राहत दिने प्रावधान छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ फागुन २०७८, ०७ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
श्रममन्त्री शरतसिंह भण्डारीले गरे पदभार ग्रहण
जेनेभा पुगेर श्रममन्त्रीले भने- सामाजिक न्याय प्रवर्द्धन गर्न नेपाल प्रतिबद्ध छ
पूर्वश्रममन्त्री भण्डारीले गरेको विवादास्पद निर्णय खारेज
ई-सेभेन भिसा र इजरायलमा नेपाली कामदार पठाउने निर्णय नभएको श्रममन्त्रीको दाबी
कांग्रेसले गृहमन्त्रीको राजीनामा मागेपछि श्रममन्त्रीको जवाफ: दिनुपर्ने आधार भएपछि माग्नैपर्दैन आफैँ दिन्छौँ
श्रममन्त्री भण्डारी यूएई भ्रमणकै बेला पदमुक्त हुँदै