झापा । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश १ को नाम ‘कोसी’ राख्नुपर्ने बताएका छन् । उनले अहिलेसम्म प्रदेश १ ले नामाकरण गर्न नसकेको र किन कोसी प्रदेश राख्न सकेन भन्दै आश्चर्य समेत व्यक्त गरे ।
‘कोसी’ भन्दा पुरानो र ऐतिहासिक अरु कुनै सभ्यता नभएको र साझा पहिचान झल्काउने यही नाम नै उपयुक्त भएको उनको तर्क थियो ।आज (शनिबार) विर्तामोडमा आयोजित प्रेस चौतारी प्रदेश १ को प्रथम अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘पश्चिमदेखि पूर्वसम्म सबैतिर ढाकेको, कोसी सभ्यताबाटै उठेको, कोसीद्वारा नै सिञ्चित हाम्रो रगतमा कोसीको पानी छ । हाम्रो रगतमा सगरमाथाको पानी छ, कञ्चनजंघाको पानी छ, मकालुको पानी छ । यसरी सर्वोच्च शिखरहरुको पानी खाने मान्छेहरुले कोसी प्रदेश नाम राख्न नसकेमा ओलीथर राख्नुपर्छ, गौतमथर राख्नुपर्छ । यो सभ्यता हो ?’
उनले जातीय पहिचानका आधारमा प्रदेशको नामकरण गर्दा सबैको पहिचान समेट्न नसकिने बतातए । साथै यसरी नामाकरण गरे इतिहास नै नसमेटिने उनको तर्क थियो । कोसी इतिहास, सभ्यता र साझा पहिचान भएकाले यही नामाकरण गर्न अभियान चलाउनुपर्ने समेत उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २१ फागुन २०७८, १३ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली राजदूत ओलीले बुझाए चिनियाँ राष्ट्रपति सीसमक्ष ओहदाको प्रमाण पत्र
ओलीलाई बीआरआई परियोजना स्वीकार्न माधव नेपालको सुझाव
प्रधानमन्त्री ओलीले गरे पाँचतारे होटल लेमन ट्रिको उद्घाटन
यस्ता छन् ओली सरकारले एक महिनामा गरेको मुख्य काम र विवाद
दलित समुदायविहीन बन्यो ओली नेतृत्वको मन्त्रिपरिषद्
यी हुन् ओली मन्त्रिपरिषद्का मन्त्रीहरू (सूचीसहित)