चितवन । काँग्रेस चितवनको सभापतिका कुनै पनि प्रत्यासीले पहिलो चरणमा ५१ प्रतिशत मत ल्याउन नसकेपछि आज दोश्रो चरणको मतदान हुने भएको छ ।
नारायणी कला मन्दिरमा शुक्रबार भएको पहिलो चरणको मतदानमा सर्वाधिक मत प्राप्त गरेका राजेश्वर खनाल र मिलनबाबु श्रेष्ठबीच दोस्रो चरणको निर्वाचनमा प्रतिस्पर्धा हुने भएको छ ।
दोस्रो चरणको मतदान आज शनिबार दिउँसो साढे १२ बजेदेखि सुरु हुने निर्वाचन समितिले जनाएको छ । पहिलो चरणमा राजेश्वर खनालले सर्वाधिक ७४६ मत प्राप्त गरेका छन् । यस्तै मिलनबाबु श्रेष्ठले दोस्रो धेरै ६६२ मत ल्याएका छन् ।
सभापतिका अन्य दाबेदार उत्तम जोशीले ४७३ मत, कैलाश कोइरालाले ४१२ मत र डा. सूर्यकान्त घिमिरेले ४२६ मत प्राप्त गरेका छन् । १०१ मत बदर भएको छ । कुल मतदाता २ हजार ९ सय ४५ रहेपनि गए मतदानमा २ हजार ८ सय २० मत खसेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २१ फागुन २०७८, ०८ : ५०
लेखकबाट थप