सम्पदा संरक्षणमा संघीय सरकारले चासो नदिएको भन्दै शाक्यको  आरोप

सफल खबर संवाददाता

शुक्रबार, २० फागुन २०७८, १५ : ११
सम्पदा संरक्षणमा संघीय सरकारले चासो नदिएको भन्दै शाक्यको  आरोप

काठमाडौं । काठमाडौं महानगरपालि काका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंको ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वका सम्पदा संरक्षणमा संघीय सरकारले चासो नदिएको गुनासो गरेका छन्।मेयर शाक्यले सम्पदा संरक्षण गर्ने दायित्व संघीय सरकारको भए पनि सोहीअनुसार काम नगरेको बताए।

शुक्रबार काठमाडौंको भोटाहिटीस्थित अन्नपूर्ण मन्दिरको आँगनघर पुनर्निर्माण कार्यको शिलान्यास गर्दै उनले संघीय सरकारले सहयोग नगरे पनि काठमाडौं महानगरपालिकाले सबै सम्पदा पुनःर्निर्माण अघि बढाएको दाबी गरे।उनले महानगरपालिकाले सम्पदा पुनर्निर्माणमा आर्थिक सहयोग गर्ने तर त्यसको संरक्षण र व्यवस्थापनको जिम्मा भने स्थानीय गुठीहरूलाई नै दिने नीतिअनुसार काम भइरहेको दोहोर्‍याए।

‘हामीले चुनावका वेला घोषणा गरेका थियौं– काठमाडौं एउटा ऐतिहासिक शहर, सांस्कृतिक शहर। यसलाई जीवन्त बनाउनुपर्छ भनेर हामीले भनेका थियौं। यसलाई संरक्षण गर्ने, प्रवर्धन गर्ने र पर्यटनसँग जोड्ने भन्ने नीलि लियौं। चुनावी घोषणापत्रअनुसार नै हामीले सबै कार्य गर्दै आएका छौं। अहिले पनि यो सम्पादन भनेको राज्यको सम्पत्ति होु, मेयर शाक्यले भने, ुयो पहिले गुठियारहरूले बनाएका थिए। अहिले गुठियारले संरक्षण गर्न नसकिरहेको अवस्थामा राज्यको उपस्थिति त्यहाँ हुनुपर्छ। राज्यले संरक्षण पनि गर्ने हो। त्यसका लागि आर्थिक पक्ष आफूहरूले हेर्ने तर त्यसको संरक्षण र व्यवस्थापनको काम गुठियारलाई नै दिने नीति लिएका छौं। यसको संरक्षणका लागि संघीय सरकारले जिम्मेवारी लिएन। हामीले जिम्मेवारी लिएर पुनर्निर्माणको कामलाई तीव्रता दिएका छौं।’

उक्त आँगनघर पुनर्निर्माणका लागि काठमाडौं महानगरपालिकाले ७६ लाख ११ हजार आर्थिक सहयोग उपलब्ध गराएको छ। जसअनुसार पहिलो किस्ताबापत २५ लाख ११ हजार निकास भएको र यसको पुनर्निर्माण पनि शुभारम्भ गरिएको पुनर्निर्माण समितिका सचिव तीर्थ महर्जनले जानकारी दिए।

समितिका अनुसार आँगनघर पुनर्निर्माणका लागि करिब साढे १ करोड रुपैयाँ लाग्नेछ। २ वर्षभित्र पुनर्निर्माणको काम सम्पन्न हुने गरी अघि बढाइएको पुनर्निर्माण समितिले जनाएको छ।  

प्रतिक्रिया दिनुहोस