पाटन दरबार क्षेत्र, जावलाखेल र पुलचोक परिसर धुम्रपान निषेधित क्षेत्र घोषणा

सफल खबर संवाददाता

शुक्रबार, २० फागुन २०७८, १४ : ०१
पाटन दरबार क्षेत्र, जावलाखेल र पुलचोक परिसर धुम्रपान निषेधित क्षेत्र घोषणा

काठमाडौं । ललितपुर महानगरपालिकाले पाटन दरवार क्षेत्र, जावलाखेल र पुलचोक परिसरलाई धुम्रपान निषेधित क्षेत्र घोषणा गरेको छ ।

आज (शुक्रवार) महानगरपालिकाले पाटन दरवार स्क्वाएरमा एक कार्यक्रम आयोजना गरी यी तीन क्षेत्रलाई धुम्रपान निषेधित क्षेत्र घोषणा गरेको हो । कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले यो कार्यक्रम दुई वर्षअघि नै शुभारम्भ गर्ने योजना रहेपनि कोरोनाका कारण सफल हुन नसकेको बताए ।

उनले आजदेखि लागूहुने गरी सुरु भएको धुम्रपान निषेधित क्षेत्रमा सुरुवाती सात दिन धुम्रपान नगर्न आग्रह गर्ने र त्यसपछि जरिवाना तिराउने बताए। जरिवानाबाट उठेको रकम क्यान्सर पीडितलाई सहयोग गर्ने प्रतिबद्धता पनि उनले जनाए।

मेयर महर्जनले सरकारले विभिन्न कानून तर्जुमा गरेपनि कार्यान्वयन नगरेको दावी गर्दै महानगरपालिकाले भने लापर्बाही नगरि कार्यक्रम सफल बनाउने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस