बोटको उच्च स्तरीय उत्पादन नेपालमा

सफल खबर संवाददाता

शुक्रबार, २० फागुन २०७८, १३ : ४०
बोटको उच्च स्तरीय उत्पादन नेपालमा

काठमाडौँ  । भारतको नम्बर एक वायरलेस हियरेबल्स ब्रान्ड इम्याजिन मार्केटिङ लिमिटेड र नेपाली कम्पनी रमेश कर्पको भगिनी संस्था टेलिटक प्राइभेट लिमिटेडबीच सम्झौता भएको छ। सम्झौताअनुसार इम्याजिनको वायरलेस हियरेबल्सका सामानहरुको लागि टेलिटक नेसनल डिस्ट्रिब्युटर रहने छ।

यो सम्झौतासँगै अब नेपाली उपभोक्ताहरुले समयको मागसँगै उच्च गुणस्तरीय हियरेबल्स र वेरेबल उत्पादनहरु उपभोग गर्न पाउनेछन्।

इम्याजिन मार्केटिङ लिमिटेडका सीईओ विवेक गम्भीरले भने, ‘हाम्रा उत्पादनहरु नेपालमा पनि ल्याउन पाउँदा हामी अत्यन्तै उत्साहित छौं। हाम्रो उद्देश्य सम्पूर्ण युवा उपभोक्ताहरुलाई उनीहरुको चाहनाअनुरुपको अडियो सोल्युसन प्रदान गर्ने हो। हाम्रो ब्रान्डलाई विश्वभरका उपभोक्ताहरुमाझ पुर्‍याउन हामी सधैँ प्रयासरत छौँ र यो हाम्रो लागि महत्वपूर्ण कदम हो।’

इम्याजिन मार्केटिङ लिमिटेडले बोट ल्याब्समार्फत उत्पादनहरूको डिजाइन, अनुसन्धान, विकास र प्रविधि जस्ता प्लेटफर्महरू विकास गर्नमा ठूलो लगानी गरेको छ। कम्पनीले ब्लुटुथ इनेबल्ड हियरेबल प्रोडक्ट्स र अन्य इलेक्ट्रोनिक उत्पादन निर्माण र विकास गर्नको लागि हालै डिक्सन टेक्नोलोजी लिमिटेडसँग जोइन्ट भेन्चरमा प्रवेश गरेको छ।

टेलिटक प्रालिका कार्यकारी निर्देशक प्रतीक जलानले भने, ‘बोटले वर्षौंदेखि स्टाइलिस र राम्रो काम गर्ने उच्च गुणस्तरीय अडियो उपकरणहरूमार्फत आफ्नो बलियो ब्रान्ड इक्विटी निर्माण गरेको छ। यो साझेदारीमार्फत हामीले नेपाली उपभोक्ताहरूलाई सस्तो मूल्यमा उत्कृष्ट गुणस्तरको उत्पादन उपलब्ध गराउने लक्ष्य राखेका छौँ।’  

प्रतिक्रिया दिनुहोस