पदसँग मतदाताको पसिना जोडिएको छ, दुरुपयोग गर्दिनँ : उद्योग मन्त्री भण्डारी

सफल खबर संवाददाता

सोमबार, २८ असोज २०८१, २० : १४
पदसँग मतदाताको पसिना जोडिएको छ, दुरुपयोग गर्दिनँ : उद्योग मन्त्री भण्डारी

काठमाडौँ । संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आफूले पाएको पदको सम्मान हुने गरी काम गर्ने बताएका छन्। 

बैतडीबाट निर्वाचित सांसद समेत रहेका भण्डारीले आइतबार बैतडीको मेलौलीस्थित एमालेले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै पदसँग नेता कार्यकर्ता र मतदाताको रगत,पसिना जोडिएकाले सबैको अभिभारा पुरा गर्ने गरी काम गर्ने बताएका हुन् ।

उनले वर्तमान सरकारलाई सफल बनाउन सबै नेता कार्यकर्ताहरूलाई सहयोग गर्न समेत आग्रह गरेका थिए । जनताको आग्रहमा आएका  योजना कार्यान्वयन गरिने मन्त्री भण्डारीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस