टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, २० फागुन २०७८, ११ : ५२
टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

 काठमाडौ । रुपन्देहीको सैनामैना नगरपालिका(४ रन्यौरामा बिहीबार साँझ टिपरको ठक्करबाट साइकलमा सवार एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा २ जना घाइते भएका छन्।

लु २ ख ४३२६ नम्बरको टिपरले सैनामैना नगरपालिका(७ देउपारका २७ वर्षीय बद्रि चौधरी, उनकी २६ वर्षीया श्रीमती दिल कुमारी चौधरी र ४ वर्षीया छोरी जेनिशा चौधरी सवार साइकललाई बिहीबार साँझ साढे ५ बजे ठक्कर दिएको थियो । 

दुर्घटनामा घाइते भएका चौधरी परिवारलाई उपचारको लागि साझा अस्पताल बुटवल पठाइएकोमा दिल कुमारीको उपचारको क्रममा मृत्यु भएको हो । 

अन्य घाइतेको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय रन्यौरा रुपन्देहीले जनाएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
 

 

प्रतिक्रिया दिनुहोस