अस्पतालको उपचार कक्षमा भालु पसेपछि

सफल खबर संवाददाता

शुक्रबार, २० फागुन २०७८, ११ : १९
अस्पतालको उपचार कक्षमा भालु पसेपछि

काठमाडौं । जिल्ला अस्पताल ताप्लेजुङको उपचार कक्षभित्र भालु लुकेर बसेको पाइएको छ । अस्पतालका अनुसार बिहीबार बेलुका साढे ११ बजेतिर अस्पतालको प्रसूति कक्षमा कालो भालु पसेको पाइएको हो ।

अस्पतालका प्रमुख डाक्टर सोनिम लामाका अनुसार सुरुमा कुकुर जस्तो देखेर खेदाउन खोजेपनि भालु हो भन्ने यकिन भएपछि प्रहरीको सहयोगमा ढोका थुनिएको थियो । ढोका थुनेपछि भालुले बाहिर निस्कने प्रयास गरिरहेको छ । भालुले रड तान्ने, सिसामा आक्रमण गर्ने प्रयास गरिरहेको छ । अस्पतालको पछाडिको भागबाट भालु पसेको कर्मचारीहरूको अनुमान छ । 

भालु अहिले प्रसूति कक्षको खाटमुनि लुकेर बसेको डिभिजनल वन कार्यालयले जनाएका छ । भालुलाई प्राविधिक टोलीले बेहोस बनाएर मात्रै निकािलने छ । चिसोका कारण माथिल्लो क्षेत्रबाट न्यानो खोज्दै भालु बेँसीतर झरेको हुनसक्ने वन कार्यालयको अनुमान छ ।   

प्रतिक्रिया दिनुहोस