काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले संसाद प्रदीप यादवमाथि गरेको कारबाही फुकुवा गरेको छ । केन्द्रीय कार्यकारी समितिको जारी बैठकले उनीमाथि यसअघि गरेको कारबाही फुकुवा गरेको हो ।
जसपाले उनीमाथि यसअघि पार्टीको आचारसंहिता विपरित गतिविधि गरेको भन्दै कारबाही गरेको थियो । शेरबहादुर देउवा नेतृत्वको सरकारमा पार्टीले पठाएको मन्त्री सूचीमा आफ्नाे नाम नभएको भन्दै पार्टी अध्यक्षको विरोध प्रदर्शनसहित पुत्ला दहन गरेकाे आराेप छ । सोही कारण उनलाई पार्टीले केन्द्रीय सदस्यबाट हटाएको थियो ।
उनीमाथि पार्टीको झण्डा जलाउन संलग्न भएको आरोप समेत छ । यद्यपि, सांसद यादवले भने आरोप अस्वीकार गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ फागुन २०७८, १६ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वीरगञ्जमा जसपाको केन्द्रीय समिति बैठक सुरु
जसपा नेपालद्वारा केन्द्रीय कार्यकारिणी समिति बैठक आह्वान
जसपा नेपालका केन्द्रीय विभागहरूले पाए नेतृत्व
जसपा नेपाल केन्द्रीय प्रचार विभागको बैठक बस्दै
जसपा नेपालले आइटी सेल गठन गर्ने
कानुन समिति बैठकमा जसपा र एमाले सांसदबिच भनाभन