टी-२० आई सिरिज

थाइल्याण्डविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

सफल खबर संवाददाता

शनिबार, १९ माघ २०८१, १२ : ०५
थाइल्याण्डविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौं । त्रिदेशीय महिला टी-२० आई सिरिज अन्तर्गतको खेलमा थाइल्याण्डविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । नेपालकी कप्तान इन्दु वर्माले थाइल्याण्डविरुद्ध टस जितेर ब्याटिङ रोजेकी हुन् ।खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केहीबेरमा सुरु हुँदैछ ।

बिहीबार भएको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको थियो । आज नेपाल थाइल्याण्डविरुद्ध पहिलो जितको खोजीमा हुने छ । यता, हिजो भएको खेलमा थाइल्याण्डले नेदरल्याण्डलाई ८ विकेटले पराजित गरेको थियो ।