अमेरिकासँग रुस-युक्रेन युद्धका विषयमा छलफल गर्‍यौँः प्रधानमन्त्री देउवा

सफल खबर संवाददाता

बुधबार, १८ फागुन २०७८, ११ : २९
अमेरिकासँग रुस-युक्रेन युद्धका विषयमा छलफल गर्‍यौँः प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकासँग रुस-युक्रेन युद्धका विषयमा छलफल गरेको बताएका छन् । प्रधानमन्त्री देउवाले मंगलबार राति अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेनसँग टेलिफोन कुराकानीमा रुस–युक्रेन युद्धका विषयमा छलफल भएको ट्वीटर मार्फत जानकारी दिएका हुन् ।  

‘अमेरिकी विदेशमन्त्रीसँग कुराकानी भएको छ । नेपालको गरिबी निवारण, विकास र जलवायु परिवर्तनका विषयमा छलफल भएको थियो । हामी हाम्रो प्रगतिको लागि ७५ वर्षको निरन्तर अमेरिकी समर्थनको कदर गर्छौं,’ प्रधानमन्त्री देउवाले ट्वीटरमा लेखेका छन्, ‘हामीले युक्रेनमा रुसको आक्रमण र युक्रेनको सार्वभौमसत्ताप्रतिको हाम्रो समर्थनबारे पनि छलफल गर्यौं।’ 

टेलिफोन अमेरिकी विदेशमन्त्रीले गरेका थिए । टेलिफोनमा अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का विषयमा पनि छलफल भएको थियो । टेलिफोन कुराकानीपछि अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा एमसीसीलाई लिएर नेपालको संसदले अनुमोदन गरेको ‘व्याख्यात्मक घोषणा’लाय नोट गरेको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस