कौशलटारमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज

सफल खबर संवाददाता

मंगलबार, १७ फागुन २०७८, १५ : ४६
कौशलटारमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज

काठमाडौं । भक्तपुरको मध्यपुरठिमी नगरपालिका–३, कौशलटारमा शंकास्पद वस्तु भेटिएको छ ।

मंगलबार बिहान ७ बजे भेटिएको शंकास्पद वस्तुलाई नेपाली सेनाको टोलीले डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय, भक्तपुरका प्रहरी नायब उपरीक्षक डीएसपी राजु पाण्डेले बताए ।


उनका अनुसार कौशलटारको कमलधारास्थित मिलिजुली हार्डवेयरको दक्षिण पट्टी प्रेसर कुकुरभित्र शंकास्पद वस्तु राखिएको थियो ।

‘शंकास्पद वस्तु छ भन्ने खबर प्राप्त हुने वित्तिकै घटनास्थललाई सुरक्षित राखेर बम डिस्पोजल टोलीले ९स् ०७ बजे डिस्पोज गरेको थियो’ पाण्डेले भने, ‘डिस्पोज गरेर हेर्दा भाँडोभित्र २ मिटरको विजुलीको तार, इँटाको धुला, माटो र नो एमसीसी लेखिएको कागज भेटिएको थियो ।’

             

प्रतिक्रिया दिनुहोस