काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले एमसीसी पास गरेपछिको १२ वर्ष एक महिनाको समयमा मन्त्री भएकाहरुले एमसीसीलाई राष्ट्रघात भन्नु भन्दा पहिला हेक्का गर्नुपर्ने बताएका छन् ।
आइतबार प्रतिनिधि सभाको दोस्रो बैठकमा एमसीसीबारेको व्याख्यात्मक घोषणामा छलफल गर्दै १२ वर्ष एक महिनाको समयमा मन्त्रिपरिषद्मा बसेका मन्त्रीहरुले यसलाई राष्ट्रघाती भन्नु भन्दा पहिला ख्याल गर्नुपर्ने बताए ।
'यो सम्झौता राष्ट्रघाती भन्नु भन्दा पहिला एक पटक ख्याल गरौं होइन भने केही समय अघि मन्त्रीजीले म क्याबिनेटमा थिए तर त्यो दिन मेरो पेट दुखेको थियो भनेको जस्तै अरुले पनि मैले त्यो दिन भांग खाएको थिए म सुरमा थिइन भन्ने अवस्था आउँछ ।'
'हामी सबैले गर्यौं भनेर जिम्मेवारी लिऔं गलत केही गरेका छैनौं सही गरेका छौं' उनले भने, 'आज हामीले यसको थप व्याख्या गर्यौं, यो भन्दा बहेक एउटा दायित्व पनि नेपालमाथि सृजना हुँदैन भयो भने नेपालले सन्धी खारेज गर्छौं ।'
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ फागुन २०७८, २० : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अहिलेका प्रधानमन्त्रीभन्दा राम्रो काम गर्न सक्छु : गगन थापा
सरकारले अध्यादेश ल्याएर कानुन सुधार गर्न खोजेकोप्रति निजी क्षेत्र उत्साहित छ : गगन थापा
गगन थापाको दाबीः सत्ता गठबन्धन तीन वर्ष चल्छ
गगन थापाको दाबी : सत्ता समीकरण तीन वर्षसम्म चल्छ
सबैलाई मिलाएर संविधान संशोधन हुन्छ : गगन थापा
गगन थापा एकाएक किन पुगे दिल्ली ?