काठमाडौँ । सशस्त्र प्रहरीका ६४० जवानलाई सहायक हवल्दारमा बढुवा गर्न सिफारिस गरिएको छ ।
साधारण समूह, साधारण उपसमूहतर्फ हाल रिक्त रहेका एवं माथिल्लो पदमा बढुवा नियुक्ति पश्चात् रिक्त हुन आउने सशस्त्र प्रहरी सहायक हवल्दार पद संख्या ६४० मा सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (च) बमोजिम बढुवा सिफारिस गरिएको हो ।
बढुवा समितिको शुक्रबारको निर्णयअनुसार सशस्त्र प्रहरी जवानहरूलाई सशस्त्र प्रहरी सहायक हवल्दार पदमा बढुवा सिफारिस गरिएको सूचनामा उल्लेख छ ।
बढुवा सिफारिस उपर चित्त नबुझ्ने सशस्त्र प्रहरी जवानहरूले उक्त नियमावलीको नियम ५५ मा व्यवस्था भए बमोजिम ७ दिन भित्र बढुवा उपरको उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सक्ने सूचनामा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ माघ २०८१, ०८ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सशस्त्र प्रहरीमा २८ जना इन्सपेक्टरका लागि दरखास्त आह्वान
सशस्त्रमा इन्सपेक्टरदेखि भान्सेसम्मका लागि खुल्यो जागिर
सशस्त्रका ४ डीआईजीको म्याद थप्ने प्रस्ताव मन्त्रिपरिषदमा
सशस्त्रका चार एसपी हेडक्वार्टर तानिए
सशस्त्रका जवानद्वारा हिरासतभित्रै आत्महत्या
सीमासँग जोडिएका स्थानीय जनप्रतिनिधिहरुसँग सशस्त्रको अन्तरक्रिया