काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन र सभामुख जोगाउनका लागि अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) को पक्षमा उभिन बाध्य भएको बताएका छन् ।
आइतबार माओवादी संसदीय दलको बैठकमा सांसदहरूलाई गठबन्धन नजोगाए प्रतिपक्ष दल नेकपा एमाले हाबी हुने र संविधान खतरामा पर्ने भन्दै बाध्य भएर एमसीसीको पक्षमा उभिनुपरेको अध्यक्ष प्रचण्डले ब्रिफिङ दिए ।
अध्यक्ष प्रचण्डले बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली सरकारमा आए माधव नेपालसहित १४ जनालाई कारबाही गर्ने र सभामुखलाई पनि पदबाट हटाउने बताए । त्यसैले गठबन्धन जोगाउनकै लागि भए पनि एमसीसीको पक्षमा उभिनुपर्ने अध्यक्ष प्रचण्डले सबैलाई आग्रह गरे ।
तर, माओवादीका आधा दर्जन नेताहरु भने एमसीसीको विपक्षमा उभिएर कुनै पनि अवस्थामा राष्ट्रघाती एमसीसी पास गर्न नहुने अडानमा छन् । माओवादी प्रवक्ता नाराणकाजी श्रेष्ठ, देव गुरुङ, कृष्णबहादुर महरालगायत नेताहरु एमसीसीको विपक्षमा छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ फागुन २०७८, १४ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माटोको माया नगर्ने प्रवृत्तिले विदेशिने क्रम बढ्यो : प्रचण्ड
वर्षमानलाई लिएर किन तेह्रथुम जाँदैछन प्रचण्ड ?
हतियार उठाउने कुरा गरेका छैनौं, तर भ्रष्टहरुविरुद्ध शान्तिपूर्ण संघर्षमा छौं: प्रचण्ड
गणतन्त्रलाई बुर्जुवा गणतन्त्रमा सीमित हुन नदिऔँ : प्रचण्ड
०८४ मा माओवादीले बहुमत ल्याउँछ, अब कसैको बैशाखी टेक्दैन: प्रचण्ड
उत्पादन र जीवनसँग जोडिने शिक्षालाई प्रोत्साहन गर्न आवश्यक: प्रचण्ड