काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक तथा सामाजिक मुद्धामा भेडाको खोल ओढ्ने ब्वाँसाहरू बढी खतरनाक हुने टिप्पणी गरेका छन् ।
आइतवार सामाजिक संजालमा प्रतिक्रिया व्यक्त गर्दै डा. भट्टराईले निजी तथा दलीय वा गुटीय स्वार्थका निम्ति दोहोरो भूमिका खेल्नेहरू दुश्मन भएको समेत बताएका छन् । यसअघि उनले कुनै पनि राजनीतिक वा सामाजिक मुद्धामा पक्ष र विपक्ष हुनु स्वभाविक भएपनि दोहोरो भूमिका खेल्नेहरू दुश्मन नै हुने बताएका छन् ।
उनले लेखेका छन्, ‘कुनैपनि राजनीतिकरसामाजिक मुद्दामा पक्ष र विपक्ष हुनु स्वाभाविक कुरा हो । पक्ष र विपक्षमा हुने दुवैले आफ्नो सोच र निष्ठाको धर्म निर्वाह गर्छन् । तर आफ्नो निजीरदलीय र गुटीय स्वार्थ निम्ति दोहोरो भूमिका खेल्नेहरू समाजका दुश्मन हुन् ! भेडाको खोल ओढ्ने ब्वॉसाहरू बढी खतरनाक हुन्छन् भन्ने बुझौँ ।'
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ फागुन २०७८, ११ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रविबारेको आदेशमा बाबुरामको टिप्पणी : अदालतको विवेकपूर्ण निर्णय
ओली अलि बढी खुला, प्रचण्ड सदा झैँ कुटिल : डा भट्टराई
सोविताले भेटिन् बाबुराम
रविलाई भेट्न कास्की हिरासत पुगे बाबुराम भट्टराई
उपनिर्वाचनमा जनताले विकल्प नपाएर पुरानै दलमध्ये एउटालाई छान्न बाध्य भए: बाबुराम भट्टराई
प्रधानमन्त्रीले बोलाएको बैठकमा बाबुराम नजाने