सुनको मुल्य घट्यो, कति पुग्यो तोलाको ?

सफल खबर संवाददाता

आइतबार, १५ फागुन २०७८, ११ : ०२
सुनको मुल्य घट्यो, कति पुग्यो तोलाको ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको भाउमा गिरावट आएको छ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँले घटेर ९६ हजार ६ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार छापावाला सुन तोलामा ९८ हजार रुपैयाँमा कारोबार भएको थियो।

आज तेजावी सुनको भाउ तोलाको ९६ हजार १ सय रुपैयाँ निर्धारण भएको छ। यस्तै आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँको दरले  घटेको छ। गत शुक्रबार एक हजार तीन सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार एक हजार २९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस