१ किलो बढी सुनसहित विमानस्थलबाट दुबईबाट आएका नेपाली पक्राउ

सफल खबर संवाददाता

आइतबार, १५ फागुन २०७८, ०७ : २३
१ किलो बढी सुनसहित विमानस्थलबाट दुबईबाट आएका नेपाली पक्राउ

काठमाडौं । एक किलो बढी सुनसहित दुबईबाट आएका एक नेपाली पक्राउ परेका छन् ।

फागुन १३ गते  फ्लाई दुवईको उडानमा दुवईबाट नेपाल आगमन भएका सुनसरीका ३४ वर्षीय कमल घिमिरेलाई प्रहरीले पक्राउ गरेको हो । 

 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा चेकजाँच गर्दा उनको साथबाट ११६५ ग्राम सुन (अन्दाजी अन्ठानब्बे लाख सतासी हजार नौ सय सड्तिस रुपैयाँ बराबर) बरामद भएको हो । 

उनलाई बरामद सुनसहित थप अनुसन्धान एवं आवश्यक कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस