सुनको मुल्य बढ्यो, कति पुग्यो तोलाको ?

सफल खबर संवाददाता

विहीबार, १२ फागुन २०७८, ११ : ०९
सुनको मुल्य बढ्यो, कति पुग्यो तोलाको ?

काठमाडौँ  । सुनको भाउ बिहीबार  प्रतितोलामा दुई हजार ५०० रुपैयाँको दरले बढेर एक लाख नजिक पुगेकाे छ  । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९९ हजार रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुन तोलाको ९६ हजार पाँच सय रुपैँयामा कारोबार भएको थियो । 

यसैगरी बिहीबार तेजावी सुनको भाउ तोलाको ९८ हजार ५०० रुपैयाँ निर्धारण गरिएकाे छ ।  चाँदीको मुल्य पनि तोलामा ३५ रुपैयाँको दरले बढेको छ । बुधबार एक हजार ३२० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार ३५५ रुपैयाँमा  निर्धारण भएको छ ।

 

प्रतिक्रिया दिनुहोस