काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीले अमेरिकी आर्थिक सहयोग परियोजना (एमसीसी) को पक्षमा उभिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले प्रतिनिधि सभामा टेबल भएको एमसीसीको पक्षमा मत दिने निर्णय गरेको हो।
अध्यक्ष महन्थ ठाकुरका अनुसार आजको बैठकमा उपस्थित सबै सांसदहरुले विपक्षमा मत नदिने पक्षमै मत दिने प्रतिबद्धता जनाएपछि ह्वीप भने लगाइएको छैन। संसद बैठक भोलि विहीबार बस्दैछ। आज बसेको संसद बैठकले एमसीसीका पक्षमा उभिने निर्णय गरेको छ,’ ठाकुरनिकट नेताले भने, ‘सबै सांसदहरुले पार्टी निर्णय अनुसार पक्षमा उभिने र एमसीसीको पक्षमै मत दिने प्रतिवद्धता जनाउनुभयो। अनि ह्वीप लाइएको छैन।’
अध्यक्ष ठाकुरले सबै सांसदहरुलाई अनिवार्य उपस्थित हुन भने निर्देशन दिएका छन्। साथै बैठकले अन्य निर्णय गर्ने जिम्मा अध्यक्ष ठाकुरलाई दिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ फागुन २०७८, १९ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेशी दलहरूको एकता संवादलाई निष्कर्षमा पुर्याउन लोसपाले बनायो उच्चस्तरीय समिति
एकताको पहल गर्न लोसपाले पनि बनायो ५ सदस्यीय कार्यदल
लोसपाले वितरण गर्दैछ पाँच लाख सदस्यता
लोसपाको सदस्यता वितरण अभियान सुरु
लोसपाको महासचिवमा यादव मनोनीत
लोसपाद्वारा सांसद शर्मालाई निलम्बन नगर्न पत्राचार