अपराध नियन्त्रणमा महत्पुर्ण योगदान गरेका डोटी प्रहरी प्रमुख मल्ललाई स्थानियले गरे भव्य बिदाई

मानव बेचबिखन अनुसन्धान ब्युरोमा सरुवा

सफल खबर संवाददाता

बुधबार, ११ फागुन २०७८, ०७ : ५७
अपराध नियन्त्रणमा महत्पुर्ण योगदान गरेका डोटी प्रहरी प्रमुख मल्ललाई स्थानियले गरे भव्य बिदाई

डोटी । जिल्ला प्रहरी कार्यालय डोटीमा कार्यरत प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्ल सरुवा भएसंगै उनलाई स्थानियले भव्य बिदाई गरेका छन् । प्रमुखको रूपमा १३ महिना जिम्मेवारी सम्हालेका मल्ललाई मंगलबार डोटीबाट बिदाइ गरिएको हो ।

मल्ल मानव बेचबिखन अनुसन्धान ब्युरो काठमाण्डौमा सरुवा भएका हुन् ।  जिल्ला प्रवेश लगत्तै प्रहरीको ‘हाम्रो डोटी, राम्रो डोटी, शान्त डोटी’ को नारा सहित काम थालेका मल्लले अपराध अनुसन्धान, शान्ति सुरक्षा तथा जनचेतना जगाउने कार्य तीव्रताका साथ सञ्चालन गरेका थिए ।

महिला तथा बालबालिका सेवा केन्द्र मार्फत जिल्लाका अधिकांश माध्यामिक विद्यालयहरूमा लागु पदार्थ , दुर्व्यसनी सम्बन्धी कार्यक्रम मल्लले सञ्चालन गरेका थिए ।

१३ महिना डोटी बसेका मल्लले डोटीमा सबै राजनैतिक दल, जनता, जनप्रतिनिधि, सञ्चारकर्मीहरूको सकरात्मकसोच र सहयोग प्राप्त गरी काम गरेको मल्लले बताए । मल्लले भने ‘मैले यहाँका नागरिकको अत्यन्त राम्रो सहयोग प्राप्त गरेँ, म सबै प्रति आभारी छु धन्यवाद व्यक्त गर्दछु ।
 

प्रतिक्रिया दिनुहोस