काठमाडौँ । आइसीसी टी-२० विश्वकप ग्लोबल छनोटको पहिलाे सेमिफाइलनमा मंगलबार सयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध मैदान उत्रदा नेपाल जितसँगै दोस्रो पटक विश्वकप पुग्ने लक्ष्यमा हुनेछ ।
ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो ३:४५ बजेदेखि सुरु हुनेछ । आजको खेलमा जित निकाले नेपाल दोस्रो पटक विश्वकपमा छनोट हुनेछ । यसअघि नेपाल पहिलो पटक सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपमा छनोट भएको थियो ।
नेपालले समूह ‘बी’ को विजेताको रुपमा सेमिफाइनलमा स्थान सुरक्षित गर्दा यूएई समूह ‘ए’ को उपविजेताको हैसियतमा सेमिफाइलन आएको हो । नेपाल समूह चरणका तीनै खेलमा जित निकाल्दै सेमिफाइनल प्रवेश गरेकाे हाे। नेपालले पहिलो खेलमा घरेलु टोली ओमानलाई ३९ रनले, दोस्रो खेलमा फिलिपिन्सलाई १३८ रनले र तेस्रो खेलमा क्यानडालाई आठ विकेटले पराजित गरेको थियो ।
यस्तै, समूह चरणका तीन खेलमध्ये दुईमा विजयी भएको यूएई एक खेलमा भने पराजित भएको थियो । समूह ‘ए’ बाट आयरल्यान्ड समूह विजेता बन्दै सेमिफाइनल प्रवेश हो ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल र यूएईबीच भएको पछिल्लो चार टी- २० भेटमा दुबै टोलीले समान दुई खेलमा जित निकालेका छन् । यद्यपि, हालै ग्लोबल छनोटको तयारीका लागि खेलिएको खेलमा नेपाल यूएईसँग २५ रनले पराजित भएको थियो ।
यस अघि सन् २०१९ मा भएको तीन भेटमा भने नेपाल दुई पटक विजयी हुँदा यूएई एक पटक जित निकाल्न सफल भएको थियो । नेपालले यूएईलाई फेब्रुअरी १ र ३ मा भएको भेटमा क्रमश: ४ विकेट र १४ रनले पराजित गरेको थियो । यता, ३१ जनवरीमा भएको खेलमा यूएई ३१ रनको विजयी भएको थियो ।
कप्तान सन्दीप दुबै टोली एक अर्काबिरुद्द जानकार रहेको र यूएईबिरुद्द खेलाडी मानसिक रुपमा समेत तयारी भएको बताउछन् । फाइनल प्रबेश गर्ने टोली आगामी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टी-२० विश्वकप खेल्न पाउनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० फागुन २०७८, ०७ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकपमा छनोट भएका सावित्रा र स्नेहा सम्मानित
विश्वकप छनौट: नेपाल र यमन २-२ को बराबरीमा
मध्यरातमा जब विश्वकप हेर्न बसे प्रधानमन्त्री प्रचण्ड
विश्वकपमा भिड्दै नेपाल, पहिलो प्रतिस्पर्धा नेदरल्यान्ड्ससँग
विश्वकप उद्घाटन खेलमा क्यानडाविरुद्ध अमेरिकाको जित
विश्वकपअघि क्यानडाद्वारा प्रशिक्षक पुबुदु दासानायके बर्खास्त