काठमाडौं । के तपाईं नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बोकेर सवारीसाधन चलाइरहनुभएको त छैन ?
होसियार, अबदेखि ट्राफिक प्रहरीले मोबाइल एप्समार्फत लाइसेन्स सक्कली वा नक्कली के हो तत्कालै अन द स्पट (ठाउँका ठाउँ) पत्ता लगाउन सक्नेछ ।
यातायात व्यवस्था विभागले नक्कली सवारी चालक अनुमतिपत्रको प्रयोगमा नियन्त्रण गर्न ‘लाइसेन्स भेरिफिकेसन मोबाइल एप्स’ विकास गरेकाले यो काम सम्भव भएको हो । विभागले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई यो मोबाइल एप्स हस्तान्तरण गरिसकेको छ ।
यसअघि लाइसेन्स प्रमाणीकरणका लागि कुनै पनि प्रविधि थिएन । जसका कारण शंकास्पद लाइसेन्स चेकजाँचका लागि यातायात कार्यालयहरूमा सम्पर्क गर्नुपर्ने बाध्यात्मक अवस्था थियो ।
अब भने आवश्यकताअनुसार ट्राफिक प्रहरीले तत्काल अन द स्पट मोबाइल एप्समार्फत लाइसेन्स प्रमाणीकरण गर्न सक्नेछ । राजधानी दैनिकले खबर छापेको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, १० फागुन २०७८, ०६ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शङ्कास्पद लाइसेन्स परीक्षणमा
सवारी लाइसेन्सको त्रुटि अब प्रदेश कार्यालयबाट सच्याउन पाइने
‘स्मार्ट लाइसेन्स’ सक्कली कि नक्कली जाँच्नै समस्या
एनसेलको लाइसेन्स पाँच वर्षलाई नवीकरण
एकाएक किन रोकियो लाइसेन्सको ट्रायल ?
काठमाडौँ उपत्यकाका चार वटा ट्रायल सेन्टरमा रोकियो लाइसेन्सको ट्रायल