लमजुङ । नेपाली कांग्रेस लमजुङको महासमिति सदस्यमा दुईजना निर्विरोध भएका छन् । ११ जनाका लागि उम्मेदवारी दिएका २१ जनामध्ये दुईजना निर्विरोध भएका हुन् ।
शुक्रबार बिहान ११ देखि अपरान्ह ४ बजेसम्म मनोनयनको समय तोकिएकोमा २१ जनाले उम्मेदवारी दर्ता गराएका थिए । यसमा समावेशीतर्फ आदिवासी जनजाति महिला र दलित महिलाका उम्मेदवार निर्विरोध भएका हुन् ।
आदिवासी जनजाति महिलातर्फ राधादेवी श्रेष्ठ र दलित महिलातर्फ टीकाकुमारी बस्याल निर्विरोध भएका छन् । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत गत मंसिर पहिलो साता भएको अधिवेशनबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी थिइन् ।
कांग्रेसले महासमिति सदस्यको लागि महाधिवेशन प्रतिनिधिमा निर्वाचित प्रतिनिधिमध्येबाट छान्ने गर्छ । यो प्रक्रियामा सर्वसम्मत हुन नसके चुनावको माध्ययमबाट महासमिति सदस्य छान्ने गर्छ ।
महासमिति सदस्यका लागि उम्मेदवारी दिएकामध्ये अब १९ जनाबाट नौजना प्रतिनिधि छान्नुपर्ने कांग्रेसले जनाएको छ । यसका लागि २४ फागुनमा बेंसीसहरमा चुनाव हुनेछ । निर्वाचनमा १३ सय ७४ क्षेत्रीय प्रतिनिधिले निर्वाचनमा भाग लिनेछन् । यसअघि मंसिर पहिलो साता भएको क्षेत्रीय निर्वाचन, जिल्ला निर्वाचन र महाधिवेशन प्रतिनिधि निर्वाचनमा १३ सय ७४ मतदाता रहेको कांग्रेसको निर्वाचन अन्गर्तत जिल्ला तथा महाधिवेशन प्रतिनिधि निर्वाचनमा १३ सय ४० मत खसेको थियो । ३४ जना अनुपस्थित रहेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ फागुन २०७८, ०९ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनीको कांग्रेस प्रमुख सचेतकमा ढकाल
प्रधानमन्त्रीलाई काँग्रेसको ध्यानाकर्षण, उद्धार कोषमा पचास लाख हस्तान्तरण
कांग्रेसको थारू संघको केन्द्रीय तदर्थ कार्यसमितिमा १७८ सदस्य मनोनीत
काँग्रेसका भ्रातृ संस्थाका महाधिवेशन गर्न तीन निर्देशन समिति गठन
कांग्रेस कार्यसमिति र संसदीय दलको बैठक बस्दै
कांग्रेसले डाक्यो संसदीय दलको बैठक