काठमाडौं । नेपाली कांग्रेसले ७७ जिल्लाका सभापतिहरुलाई प्रशिक्षण दिने भएको छ । केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले दुई दिने कार्यक्रम राखेर जिल्ला सभापतिहरुलाई प्रशिक्षण प्रदान गर्न लागेको हो ।
२२ र २३ माघमा पोखरामा प्रशिक्षण कार्यक्रम तय भएको कास्कीका कांग्रेस सभापति किशोरदत्त बरालले अनलाइनखबरलाई जानकारी गराए । प्रशिक्षणमा केन्द्रबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ, दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा लगायत पदाधिकारीहरु उपस्थित हुने बरालले जानकारी गराए।
स्रोत व्यक्तिका रुपमा प्रशिक्षण विभागका अन्य सदस्यहरु पनि सहभागी हुने भएका छन् । प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमका लागि प्रत्येक जिल्लाका उपसभापति समेत सहभागी हुनेछन् ।
कांग्रेसको विधान अनुुसार सबै तहमा नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुख उपसभापति हुने व्यवस्था छ । ‘उद्धघाट्न, भाषणको समय धेरै समय हुँदैन । प्रशिक्षणका वक्ताहरुले बोल्ने कार्यक्रम धेरै समय हुन्छ,’ बरालले भने ।
नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको केन्द्रको प्रमुख उपसभापति खड्का छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ माघ २०८१, १५ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निजामती ऐन बनाउन धेरै समय लागेको भन्दै सांसद थानीले गराए संसदीय समितिको ध्यानाकर्षण
कांग्रेस सभापति देउवाको बैंकक भ्रमणप्रति ओली शसंकित
आन्दोलनरत शिक्षकलाई विद्यालय फर्काउने वातावरण बनाउन महामन्त्रीद्वयलाई देउवाको निर्देशन
ओली नेतृत्वको सरकारले गति बढाउनुपर्ने काँग्रेसको निष्कर्ष
कांग्रेसको महिला संघमा भाँडभैलौ, २० जनाले दिए राजीनामा
अधिवेशन गर्न नसकेका भ्रातृ संस्थाहरू भंग गर्ने काँग्रेसको तयारी