काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि गरेको छ ।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमै मूल्यवृद्धि भएपछि नेपालमा पनि वृद्धि भएको हो । निगमले शनिबार रातिदेखि लागू हुनेगरी पेट्रोल र डिजेल तथा मट्टितेलको साबिकको बिक्री मूल्यमा प्रति लिटर ३ रपैयाँ वृद्धि गरेको जनाएको छ । यससँगै काठमाडौं उपत्यकामा पेट्रोलको खुद्रा बिक्री मूल्य १४५ र डिजेल र मट्टितेलको १२८ रुपैयाँ कायम भएको निगमले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
भारतीय आयल निगमले फागुन ४ मा निगमलाई पेट्रोल रु ५.६१, डिजेल रु ५.६२ ले तथा हवाई इन्धन रू ४.९५ ले बढाएर मूल्यसूची पठाएको थियो । यस अनुरूप १५ दिनमा करीब रू २ अर्ब ४० करोड घाटा हुने अवस्थामा निगमको पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१ अनुसार मूल्य वृद्धि गरिएको हो ।
निगमले एलपी ग्यासमा प्रति सिलिण्डर रू. ५६०.७४ घाटा हुँदा समेत हाललाई बिक्री मूल्य नबढाई यथावत नै राखिएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ फागुन २०७८, २१ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पेट्रोलियम पदार्थ अन्वेषणका लागि ‘ड्रिलिङ सर्भे’ सुरु
पेट्रोलियम पदार्थको मूल्य घट्यो (सूचीसहित)
पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता, आइतबार राति १२ बजेदेखि लागु हुने
पेट्रोलियम पदार्थको पुरानै मूल्य कायम गर्ने सरकारको निर्णय
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढायो
पेट्रोलियम पदार्थ अन्वेषण मुआब्जा विवाद सुल्झियो